शुक्रबार ०१ आश्विन २०७८

काठमाडौं। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रयासमा त्यहाँ जम्मा गरिएको ५५० अक्सिजन सिलिण्डर शनिबार नेपाल पठाइदै छ। सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। “ओमानमा रहेको गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशमा रहेका अन्य नेपाली संघ संस्था र समुदायको सहयोगमा ५५० वटा अक्सिजन सिलिण्डर जम्मा गर्न हामी सफल भएका छौं। शनिबार नेपाल पठाउँछौं,” ढकालले भनिन्।

६ सय थान अक्सिजन सिलिण्डर ल्याउन निगमको जहाज ओमान जाने, हरेक दिन बेइजिङ उडानको योजना

काठमाण्डाै – नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिण्डर लिन शनिबार ओमान जाने भएको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज आउँदो शनिबार ओमानको राजधानी मस्कट जाने निगमका महाप्रबन्धक डिमप्रकास पौडेलले जानकारी दिनुभयो ।

शनिबार नै जहाज चीनको बेइजिङ जाने तयारीमा छ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिण्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जाने तयारी गरिरहेका उहाँको भनाइ छ ।

त्यसपछि हरेक दिन नेपालकाे लागि ५ सय ५० थान सिलिण्डर उत्पादन हुने भएकोले दिनदिनै वाइडबडी जहाज बेइजिङ पठाउने तयारी छ । अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको महाप्रबन्धक पौडेलले बताउनुभयो ।

युएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध

काठमाण्डौ – कुवेतले आउँदो बिहीबारदेखि कर्फ्यु हटाउने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि आंशिक रूपमा लगाइएको कर्फ्यु आउँदो बिहीबारदेखि हटाउने निर्णय भएको कुवेतका स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ । इदको पहिलो दिन बिहानको एक बजेदेखि नै कर्फ्यु हट्नेछ । तर कुवेतले आप्रवासीहरुको प्रवेशमा लगाएको प्रतिबन्ध भने कायम नै रहने छ ।

यस्तै कुवेतले नेपालसहित चार देशबीच हुने व्यवसायीक उडानहरूमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।

८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया