मंगलबार १२ आश्विन २०७८

काठमाडौ । दाङको गढवा गाउँपालिका वडा नं। ४ मा एकै परिवारका अनौठो तरिकाले तीन जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएपनि कुनै लक्षण नभएकाहरुको एकाकएक मृत्यु भएको हो । उपचारमा संलग्न स्वास्थ्यकर्मी रगढवा ४ का वडाध्यक्ष गुलाम मोहमद जागा मुसलमानले उनीहरुको मृत्यु डरका कारण भएको अनुमान लगाएका छन् ।

एकै परिवारका सदस्यहरु ५३ वर्षीय अब्दुल कलाम उनका कान्छा भाइ, ४१ वर्षीय मोहमद उमर र उनका छोरा २८ वर्षीय मोहमद रज्जाक रहेको वडाध्यक्ष मुसलमानले जनाएका छन् । सुरुमा अब्लुलाई वैशाख ९ गते अलिअलि रिंगटा लागेजस्तो भएपछि उनी स्थानीय पत्थरगढवास्थित एक क्लिनिकमा सामान्य उपचार हुँदै राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान पुगेका थिए ।

उनका छोरा २८ वर्षिय मोहमद रज्जाक पनि बुवासंगै गएका थिए । बुवा अब्दुलको अवस्था सामान्य थियो तर पिसीआर रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएको पाँच मिनेटमै उनको मृत्यु भयो । उनको अन्तिम संस्कारमा सहभागी भएका भाई कान्छा भाइ ४१ वर्षीय मोहमद उमरलाई पनि ज्वरो आउन थालेपछि उनी पनि डराए । उनलाई पनि कुनै गम्भिर लक्षण भने थिएन ।

लमही आइसोलेनमा बसे, पिसिआर टेस्ट गराए। अर्कोदिन रिपोर्ट पोजेटिभ आयो। तर उनी पनि यति डराएकी अस्पतालको वेडमै बसेर ब्यवहारको हिसाव गर्न थाले । यस्तो अवस्था देखेर उनलाई कुर्न बसेका २८ वर्षे छोरा मोहमद रज्जाक एकाएक रून थाले।

बुवाले अब बाँच्दीन भन्दै हिसाव गर्न थालेको देखेपछि २८ वर्षका छोरा रज्जाक अचानक बेहोस जस्तै बने । छोराको अवस्था देखेर बुवा झन कमजोर भए । रातारात उमरलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको भए पनि उनको मृत्यु भयो । बुवाको मृत्युको खवरले छोरा रज्जाक थप सिथिल बने। उनलाई पनि कोरोना बिशेष अस्पताल बेलझुण्डीमा लगियो। उनलाई पनि कुनै लक्षण वा चिन्ह थिएन। तर, एकाएक उनको अक्सिजनको लेबल घट्दै गयो र अन्तिम श्वास फेरे ।

कमजोर मनस्थितिका कारण आफुलाई सम्हाल्न नसक्दा रज्जाकको मृत्यु भएको दाबी वडाध्यक्ष मुसलमानले पनि गरेका छन् । एकै घरका तीन जनाको मृत्युको कारण जे भए पनि रिपोर्ट आएको केही बेरमै लगालग मृत्यु हुनुको पछाडि ‘डर’ कारक भएको वडाध्यक्षले दाबी गरे। सांकेतिक तस्बिर

khabar.enewsnepali

२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया