बिहिबार ११ कार्तिक २०७८

कपिलवस्तु — कपिलवस्तु अस्पतालका ३१ वर्षीय कन्सल्ट्यान्ट फिजिसियन डा. जाबेद खाँ कोरोना संक्रमित छन् । उनको परिवारै संक्रमित छ । स्वास्थ्य गम्भीर भएपछि आमा आईसीयूमा भर्ना छिन् । उनी भने बिहानदेखि साँझसम्म संक्रमितको उपचारमा खटिरहेका छन् ।

गु’लाम अलीउनलाई बिरामी जाँच गर्दागर्दै रु’घाखोकी लाग्यो । ६ दिनअघि पीसीआर परीक्षण गर्दा संक्रमण देखियो । परिवारमा र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बञ्जाडेलाई जानकारी गराए । अस्पतालमा ज’नश’क्ति कम थियो । उनको क’मान्डमा को’भिडका बि’रामी उपचार गर्ने टि’म बनेको थियो ।

अस्पतालमा बेड नपाएर भुइँमा समेत बि’रामी छन् ।बि’रामीको छ’टपटाहट देखेर त्यसै बस्न उनको मन मानेन । घरमा बस्दा के भयो, कसो भयो, चि’न्ता लागिरहने । त्यसपछि सेवामै ख’टिए । अहिले उनी दिनमा १२ घण्टा उपचारमा ख’टिरहेका छन् ।अस्पतालले साबिक महिला विकास कार्यालयमा सञ्चालन गरेको अस्थायी को’भिड अस्पतालमा पुगेर उनी बि’रामी हेर्छन् ।

बि’रामीलाई उत्साह थप्छन् । ‘म पनि कोरोना पोजिटिभ हो भन्छु,’ उनले भने, ‘काम गरिरहेकै छु भनेर भ’रोसा दिन्छु ।’डा. खाँ संक्रमित बि’रामीको उपचार गर्दा सतर्कता अपनाउँछन् । टाढैबाट सोधपुछ गर्छन् । सल्लाह दिन्छन् र औ’षधि लेख्छन् ।‘सँगै रहेका स्वास्थ्यकर्मीलाई परै बस्न भन्छु,’ उनले भने, ‘स’तर्कता अ’पनाउँदै टिमसँग कुरा गर्छु ।’

संक्रमित भएपछि पहिलेजस्तो काम गर्न सहज नहुने उनले बताए । ‘संक्रमण अरुलाई न’सरोस् भनेर स’चेत भएर काम गर्नुपर्छ,’ उनले भने, ‘आफू संक्रमित भएपछि धेरै कुरा जान्ने बुझ्ने मौका मिलेको छ ।’संक्रमणबारे दिनदिनैजसो नयाँ तथ्य, अध्ययन र जानकारी आउने गरेको उनले सुनाए ।

नयाँ प्र’भावकारी सूचना र जानकारी प्रयोगमा ल्याएर बि’रामीलाई छिटो निको गर्न सहयोग भइरहेको छ । उनले पेसाप्रति सन्तुष्टि व्यक्त गरे । उनका अनुसार अहिले सबै अक्सिजन सपोर्ट चाहिने संक्रमित आउँछन् । खाली समयमा उनी फोनमा परामर्श दिन व्यस्त हुन्छन्, औ’षधि, उपचार सुझाउँछन् ।

‘ग’म्भीर खालकालाई अस्पताल आउन भन्छु,’ उनले भने, ‘ग’म्भीर नभएकालाई घरमै आ’इसोलेट भएर बस्न भन्छु ।’ उनी उपचार गर्दागर्दै आईसीयूमा पुग्छन् । जहाँ उनकी ५८ वर्षीया आमालाई सोमबार भर्ना गरिएको छ ।संक्रमित आमा अक्सिजन सपोर्टमा छिन् । उनी आमाको उपचार गर्छन् ।

‘मलाई देख्दा आमाले सजिलो महसुस गर्नुहुन्छ । म पनि खुसी हुन्छु,’ उनले भने, ‘त्यसैले बेलाबेला आमानिर पुगिरहन्छु ।’ उनका ६० वर्षीय पिता, २८ वर्षीय भाइ र २६ वर्षीया बहिनी पनि संक्रमित छन् । तीनै जना घरमा आइसोलेसनमा छन् । उनी अस्पतालबाट बचेको समय घर पुगेर परिवारको हेरचाह गर्छन् ।कान्तिपुर दैनिक

३३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया