आइतबार ०३ आश्विन २०७८

प्रिय मिना : २४ वर्ष सम्म सँगै यात्रा गरेकी तिमीलाई, समयमै उपचार नपाउँदा अन्तिमसम्म पनि बचाउन सकिन्

प्रिय मिना : २४ वर्ष सम्म सँगै यात्रा गरेकी तिमीलाई, समयमै उपचार नपाउँदा अन्तिमसम्म पनि बचाउन सकिन्

प्रिय मिना : २४ वर्ष सम्म सँगै यात्रा गरेकी तिमीलाई, समयमै उपचार नपाउँदा अन्तिमसम्म पनि बचाउन सकिन् ।

दाङ,
भनिन्छ अस्पताल पुगेपछि जिवन पाईन्छ । मान्छेहरु अस्पताल बाँच्नकै लागि पुग्ने गर्दछन् । तर कोरोना महामारी फैलिएपछि मान्छे अस्पताल पुग्नु भनेको मृत्युवरण गर्न पुगे जस्तै भएको छ । कतिपयले अस्पतालमा बेड र अक्सिजन नपाएर मृ’त्युवरण गर्नुपरेको प्रशस्त घटनाहरु बढदै गएका छन् । अस्पतालमा पुगेर मृ’त्यु हुनुको कारण भने डाक्टरले उपचार नगरेर वा नर्शले सेवा नगरेर होईन । अस्पतालमा औषधी नपाएर पनि होईन । अहिले अस्पतालमा पुगेका अधिकांस कोरोना संक्रमितहरु अक्सिजन नपाएर, आईसीयू नपाएर वा अस्पतालमा बेड नपाएर मृ’त्युवरण गर्न बाध्य बनेका छन् ।

शुक्रवार दाङकी एक महिलाको अस्पताल नपाएकै कारण मृ’त्यु भएको छ । नेपाली काँग्रेसका नेता तथा समाजका प्रतिष्ठित व्यक्तिको सुचीमा रहेका लिलाराम खनाले अस्पतालमा बेड नपाएकै कारण आफ्नी श्रीमती गु’माउनुपर्यो । कोरोना सक्रंमण पुष्टी भएपछि होम आईसोलेसनमै उपचाररत उनलाई केही स्वास्थ्य समस्या देखिएपछि परिवारका सदस्य र समाजका अन्य व्यक्तिहरुले अस्पतालमा बेड खोज्न थाले । जताततै खोज्दा पनि कतै बेड खाली भएको खबर पाएनन् । आईसीयू र भेन्टिलेटर त परैको कुरा उनीहरुले ईमेर्जेन्सी र अक्सिजन सहितको बेड समेत पाएनन् ।

अन्तमा सबैतिरबाट खोजि गर्दा उनीहरुले पोखराको मनिपाल हस्पिटलमा आईसीयु बेड पाए । हेलिक्टर मार्फत उनलाई पोखरा हस्पिटलम पुर्याईयो । तर त्यहाँ पुगीसक्दा ढिला भईसकेको थियो । लिलारामले २४ वर्षे जीवनकालमा सुखदुखको सहयात्रासगैं गरेकी आफ्नी श्रीमती मिना खनाललाई सधैका लागि गु’माए ।
मातृभूमिका लागी नेपालीका केन्द्रीय सदस्य,नेपाली काँग्रेसका नेता समेत रहेका खनालकी श्रीमतीले ज्यान गु’माउँदा अन्य सर्वसाधारणको हालत के होला कल्पना पनि गर्न नसकिने अवस्था छ । कोरोना संक्रमितहरु डाक्टरको निगरानी नपाएर, नर्शको सेवा नपाएर भन्दा पनि आईसीयू र अक्सिजन बेड नपाएर मर्न बा’ध्य बनेका छन् । बिगत २, ३ दिन देखि अस्पतालमा आईसीयूको प्रतिक्षामा रहेका धेरैले आईसीयू बेड पाउने आशैआशामा मृ’त्यु शैयामा पुगेका छन् । अस्पतालमा बेड छैन, चिकित्सकहरुको आड भरोसामा कोरोना विशेष अस्पताल बाँच्ने आशामा पुगेका संक्रमितहरुलाई अस्पतालले न त बेड दिन सक्छ न बेड पाएकालाई पर्याप्त अक्सिजन दिन सक्छ

आफ्नी श्रीमतीलाई गुमाएपछि भावविवह्ल बनेका लिलाराम खनालले फेसबुकमा लेखेका छन् ।

प्रिय मिना कोभिडका कारण २४ गते भएको दु’खद नि’धनबाट सन्सार गुमाएका छौँ । २४ वर्षको यात्राको यात्री । केही दिन देखिनै लेख्न खोजिरहेको थिए । अस्पतालको ढोका ढकढक्याउँदा सुरुमा ईमरजेन्सी र अक्सिजन सहितको बेड समेत पाईएन्, आईसीयु र भेन्टिलेटर त परैको कुरा पछि एउटा साधारण अस्पतालमा भर्ना भएर आईसीयु खोज्न थाल्यौँ । सबै मातहतका ईष्टमित्र, नेतृत्व, डाक्टर, सुभचिन्तकको सबैको सहयोगले पोखराको मनिपाल हस्पिटलमा लाने हेलिकप्टर र आईसीयु बेड पाउँदा सन्सार जितेको महसुस भयो आईसीयुमा राख्न सक्यौँ । तर तिमीलाई बचाउन सकिएन् । तिम्रो साथमा रहँदा एउटा श्रीमती मात्र नभई घरको असल गार्जेन गुमाउँदाको पीडा कति होला ? यदी भगवान छन् भने तिम्रो स्वर्गमा बास होस् । हा’र्दिक श्र’द्धाञ्जली ।

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया