आइतबार ०३ आश्विन २०७८

काठमाडौ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अधिकतम लचकता देखाएका छन् । उनले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेका छन् । बिहिबार बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

यसैबिच प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका माधव पक्षीय सांसदको राजीनामा नआए हुन्थ्यो भन्ने चाहेका थिए । सोही बिषयमा छलफल गर्न उनले स्थायी कमिटि बैठक समेत बोलाएका हुन् । अन्य ओली पक्षीय नेताहरुले पनि पार्टी बिभाजन रोक्न भूमिका खेल्न ओलीलाई आग्रह गरेका थिए ।

बिहान नेपाल निवास कोटेश्वरमा अर्को परिदृश्य पनि देखिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले आश्वासन दिइसकेको भन्दै नेपालले राजीनामाबाट पछि हट्न आनाकानी गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापासहित तीन जना संविधानविद् सक्रिय भएका थिए । नेपाललाई अर्थमन्त्री विष्णु पौडेलले भेटेर फर्किएलगत्तै वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दी नेपाल निवास कोटेश्वर पुगेका थिए ।

यसैबिच, नेपाल पक्षका माग सम्बोधन गर्नका लागि नेकपा एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । जसमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो । माधव नेपालसँग वार्ता गर्न र माधव पक्षका मागलाई सम्बोधन गर्न एमाले स्थायी कमिटीले सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको थियो ।

राष्ट्रपति विद्या देवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको अन्तिम समय नजिक आँउदै गर्दा जसपा एक मत नहुँदा नेपाली कांग्रेसलाई वहुमत पुर्याएर सरकारको नेतृत्व गर्ने वातावरण बनेको छैन । त्यसैले नेकपा एमालेकै माधव नेपाल पक्षले सांसदवाट राजिनामा दिएर देउवाका लागि प्रधानमन्त्री बन्ने वातावरण बनाउन लागेका छन् ।

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया