मंगलबार १२ आश्विन २०७८

एकै परिवारका तीन दिदीबहिनीद्वारा एकैचोटी सगरमाथाको सफल आरोहण

काठमाडौं । दोलखाका एकै परिवारका तीन दिदीबहिनीले बुधवार सगरमाथाको सफल आरोहण गरेका छन् ।दोलखास्थित गौरीशंकर गाउँपालिका-९ बेदीङका दिदी-बहिनी निमा जाङ्बु शेर्पा (वर्ष ३०) छिरिङ नाम्गे शेर्पा (वर्ष २६) र दावा फुटी शेर्पा (वर्ष २४) ले आज विहान ७ बजेको वरिपरि सगरमाथा चुचुरोमा पुगेका हुन् ।

यी दिदी-बहिनीले तीन वर्षभित्र सात वटै महादेशका उच्च हिमाल चढेर विश्व रेकर्ड समेत राख्ने उद्देश्य रहेको बताएका छन् ।सगरमाथा आरोहणका लागि काठमाडौंबाट जाने क्रममा केही समय अघि मात्र सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उनीहरुलाई विदाई गरेका थिए ।

आजै दोलखा सोही ठाउँका पेम्वा दोर्जे शेर्पाले आज २१ औं पटक सगरमाथाको सफल आरोहण गर्न सफल भएका छन् । पेम्बाले बुधवार बिहान ७ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् ।ड्रिमर्स डिष्टिनेशन ट्रेक एण्ड एक्सपेडिसनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाउँ’ भन्ने सन्देशका साथ २१ औं पटक सगरमाथा चढेका हुन् ।

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया