आइतबार ३१ आश्विन २०७८

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बसन्तपुर घर भएका नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्वर २१ सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ । उहाँकाे परीक्षण साउन २७ गते स्टार अस्पतालमा गरे पनि २९ गते कोरोना संक्रमण पुष्टि भएकाे थियाे । स‌ंक्रमित भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको थियो ।

सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि साउन ३१ गते आएदेखि नै आइसीयूमा उपचाररत उहाँलाई साउन ३२ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिरहेकाेमा उपचारका क्रममा रञ्जितको अहिले १२:१७ मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा.प्रविण नेपालले जानकारी दिनुभयो ।

२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया