Tuesday, October 27

दुबै मृगौला फेल भएकि खिम माया आलेले भनिन: मलाई सहयोग गरिदिनुहोस

July 28, 2020 123

खिम माया आले वर्ष ३४ कि, वहाँ बिगत ३ वर्षदेखि दुबै मृगौला फेल भएर थलिएर बस्नुभएकी छ। वहाँको घर गोर्खा जिल्लाको ताक्लुङ-५ लखन गाउँपालिकामा रहेको छ र हाल काठमाडौमा श्रीमान सुमन आलेको साथ २ बच्चासँगै एउटा सानो कोठा भाडामा लिइ अत्यन्तै कस्टकर जीवन व्यतित गरिरहनु भएको छ।

वहाँको श्रीमान सुमन आले बिगत केही वर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा हुनुहुन्थ्यो। जब श्रीमतीको हालखबर सुने तब, वहाँ यहाँ आई वहाँको उपचारमा लाग्नुभयो। सुमनजिले मलेसियामा कमाएको पैसा सबै श्रीमतीको उपचार खर्चमा लगाउनु भयो। सुमनजिको हालसम्म रु १५ लाख भन्दा बढी खर्च भैसकेको छ। ‘भएको पैसा सबै सिद्दियो २ वटा बच्चा पढाउन र श्रीमतीको उपचार गर्न सार्है गार्हो भयो। अब, म त थाकिंसकेँ’ वहाँ भन्नुहुन्छ।

खिम मायाजिले अहिले प्रत्यक हप्ता २ चोटि डायलोसिस गर्नुपर्ने हुन्छ र प्रत्यक हप्ता एउटा सुई लगाउनु पर्ने हुन्छ। डायलोसिस त सित्तैमा हुन्छ तर, सुईको रु पच्चिस सय तिर्नुपर्छ। फेरि वहाँले प्रत्यक महिना रु ४ हजार बराबरको औषधि खानुपर्ने हुन्छ। अहिलेसम्म त श्रीमान सुमनजिले जसोतसो चलाउनु भएको थियो अब के गर्ने वहांहरु अलमलमा हुनुहुन्छ किनकी, वहाँसँग अब उपचार गर्ने त के २ छाक टार्ने पैसा समेत छैन।

डक्टरहरुले वहाँहरुलाई छिट्टै मृगौला फेर्न सल्लाह दिएका छन। नत्र, जुनसुकै बेला जे पनि हुन सक्ने चेतावनी दिएका छन। सुमनजि भन्नुहुन्छ ‘ मृगौला त म दिन्थें तर, त्यो फेर्न लाग्ने रु १२-१५ लाख कहाँबाट लेराउँ? डक्टरहरुले सो मृगौला फेर्न रु १२-१५ लाख लाग्ने बताएका छन। ‘उपचार नपाई मर्छु क्यारे’ खिम माया आलेजिले गहभरी आँसु पार्दै सुनाउनु भयो।

अहिले हाल सुमन आलेजी ज्यामी काम गर्नुहुन्छ। सो, काम पनि सँधै गर्न पाउनुहुन्न। हप्ताको २ चोटि श्रीमतीसँग हस्पिटल पुग्नुपर्ने हुन्छ। यसरी हेर्दा वहाँहरुको हालत सार्है खराब देखिन्छ। त्यसैले कोहि दयालु माहानुभाव हुनुहुन्छ भने वहाँहरुलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मानविय सेवा ठूलो धर्म हो।

रास्टिय बाणिज्य बैंकको खाता नँ ११९००३०५४५१० सुमन आलेजिको खातामा जति सकिन्छ रकम हालिदिनु हुन फेरि पनि अनुरोध टक्र्याउन चाहन्छु। तपाईंहरुले वहाँसँग सिधै कुरा पनि गर्न सक्नुहुन्छ। त्यस्को लागि मो.नँ ९८१००२२०५८ रहेको छ। “सेवा नै धर्म हो” त्यसैले हजुरहरुले पक्कै सहयोग गरिदिनु हुन्छ भन्ने आशा लिएको छु। धन्यवाद

प्रतिकृया दिनुहोस्