मंगलबार १२ आश्विन २०७८

काठमाडौँ, २९ बैशाख । काठमाडौँको गोकणेश्वर स्थित हिम गिरी पर्मा कल्चर फाम प्रालिका एक दाम्पती नेपालमै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण बन्दै । उनिहरु भन्छन हामीले धेरै काम गर्यौ कृषिमा जतिको चासो अरु कुनै काममा आएन । दिन भरि काम गर्दापनि बेलुका आनन्द महसुस हुने, बिहान छिटै उठ्न मन लाग्ने भित्री मनदेखी नै काम गर्न इच्छा जाँगेर आउने ।

 

 

आफ्नो इच्छा कृषि तीर छ भनेर थाहा पाएपछि । व्यापार व्यावसायमा रमाईरहेका हामी एक्कासी कृषी तिर लाग्यौ । तर यसरी एक्कासी लाग्दा परिवारले पनि स्विकारेरन । हाम्रो समाजमा अहिले कृषि गर्नु भनेको चै एकदम दुःखको काम भनेर बुझिन्छ । परिवारले भन्नुहुन्थ्यो कि न कहिले बाउ बाजेले नगरेको काम गर्न लागेको, अब तिमीहरुले धेरै दुःख गर्नुपर्छ । पर्म कल्चरमा धेरै दुःख गर्नु पर्दैन कि न कि, जब माटोको शक्ति बढ्दै जान्छ, पछि गएर तपाइले खन्नु पनि पर्दैन ।

कतिपय मानिसलाई लकडाउनले डुबायो भने हामीलाई त झन राम्रो भइरहेको छ

 

केही दिन सुरुवातमा गाह्रो हुन्छ तर हामीले जसजसले जे भनेपनि निरन्तरता दिनै रह्यौ । जब परिवारले हाम्रो यो परिर्वतन देख्नुभयो, सुरुवात गर्दाको दृश्य र अहिलेको दृश्य हेरिसकेपछि ए यसमा पनि हुने रहेछ है भनेर भन्नुभयो ।

 

दम्पत्ति भन्छन्ः कृषि भनेको जल्ले गर्दा नि हुन्छ चाहे गरिब धनी पढेलेखेका जस्ले गर्दा पनि हुन्छ । धेरै जसो नेपालीहरुको सोचाइमा कृषी भनेको गरिब र अनपढले मात्र गर्ने भनेर बुझेकाछन् । यदि कृषि गर्दा पढेर, बुजेर काम गर्दा झन राम्रो सँगले गर्न सकिने रहेछ । मेरो गुरु भनेको चै धरै जसो इन्टरनेट नै भयो । सबै इन्टरनेटबाटै सिके बिधिहरु कसरी रोप्ने, कसरी गर्ने सबै इन्टरनेटबाट सिकियो । अहिले सम्म चै परिवार पनि खुसी नै छन् । यहीबाट छोराछोरी पढाउनु देखी ल्याएर खानु बस्नु सबै भैइरहेको छ ।

कतिपय मानिसलाई लकडाउनले डुबायो भने हामीलाई त झन राम्रो भइरहेको छ, कृषिको महत्व बढेको छ । मानिसले जति पौसा कमाए पनि खानु परिगयो त्यही भएर पनि हामीलाई लकडाउनले केही फरक पारेको छैन । हामीले सुरुवातमा ६,७ लाख लागानिबाट सुरुवात गरेको थियौ। इनकम मासिक २ लाख हाराहारीमा हुन्छ भने सिजनलमा चाही ३ देखी ५ लाख सम्म हुन्छ ।

गाइको दुधबाटै २ लाखको आमदानि हुन्छ । कतीपय मानिसले एउटै मात्र खेतिमा ध्यान दिइरहेका छन् कसैले कुखुरा, माछा, टमाटर एउटैमा ध्यान दिएका छन् । अब त्यो सामानले समयमा मुल्य नपाउन सक्छ । तर हाम्रो भने एउटाबाट लस घाटा भयो भने अर्कोबाट मेनटेन गर्न सक्छौँ । हाम्रो एउटा सामानले मुल्य पाएन भने अर्को सामानले पाउछ । एउटाले अर्कोलाई कभर गरिरहेको हुन्छ । यो तरिकाले गर्नु जानो भने उतकृष्ट हुन्छ ।

 

१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया