सोमबार ०६ बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओली केही समययता घुमघाममा ब्यस्त छन् । उनी हरेक दिन देशका बिभिन्न ठाउँमा पुगिरहन्छन् । राजनैतिक भेला तथा उद्घाटन र सिलान्यासमा प्रधानमन्त्री ब्यस्त हुने गरेका छन् ।

यसै मेसोमा उनी बुधबार जाउलाखेलस्थित चिडियाखाना पुगेका थिए । त्यहाँ उनले राखिएका वन्य जन्तुको अवलोकन गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओली चिडियाखाना पुगी सबै जिवजन्तुको अवलोकन गरेका थिए ।

बुधबार चिडियाखानाको रजत जयन्ती तथा विश्ववन्यजन्तु दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी हुन उनी चिडियाखाना गएका थिए । बुधबार विश्व वन्यजन्तु दिवस पनि परेको थियो ।

पत्नी राधिका शाक्यसहित चिडियाखाना पुगेका प्रधानमन्त्री ओली मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए । उने चासो पूर्वक सबै वन्यजन्तु हेरेका थिए ।

उनले केही जन्तुलाई आवाज निकालेर र इशाराले बोलाएका पनि थिए । त्यहाँ प्रधानमन्त्रीको यस्तो क्रियाकलापले हाँसो गुञ्जिएको थियो । तस्वीरः सामाजिक सञ्जाल

१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया