आइतबार ३१ आश्विन २०७८

थापाथलीस्थित नर्भिक अस्पतालका अनुसार उनको दुई दिनअघि परीक्षणका लागि स्वाबको नमुना दिइएको थियो।

“अस्ति साँझ रिपोर्ट आएको थियो। अब उहाँ डिस्चार्ज हुनसक्ने अवस्थामा हुनुहुन्छ,” अस्पतालका जनसम्पर्क विभाग प्रमुख सोमनाथ बास्तोलाले भने।

उनकी पत्नी कोमल शाहको अवस्था पनि सुधारोन्मुख रहेको बताइएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमललाई ‘अक्सिजन दिएर उपचार गरिँदै’
हरिद्वारको कुम्भमेलामा सहभागी एक हजारभन्दा बढी श्रद्धालुमा कोभिड
उनलाई दिनुपरेको अक्सिजनको मात्रा घटाइएको बास्तोलाले जानकारी दिए।

कोरोनाभाइरस सङ्क्रमणका कारण नर्भिकमै भर्ना भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने डिस्चार्ज भइसकेका छन्।

भारतमा कुम्भमेलामा सहभागी भएर फर्किए लगत्तै पूर्वराजदम्पतीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

आजको नयाबाट

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया