Friday, October 30

बैठक स्थगितका लागि दुई अध्यक्षबीच सहमति छैन बैठकस्थल मै छौं : प्रवक्ता श्रेष्ठ

July 28, 2020 133

नेकपा स्थायी कमिटी बैठकका लागि नेकपाका नेताहरु बालुवाटार पुगेका छन्। एक अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु बैठक स्थलमा पुगे पनि नेकपा नेकपा केन्द्रीय कार्यालयले बैठक स्थगित भएको सूचना सम्प्रेषण गर्यो। आज ११ बजेका लागि बैठक बोलाइएको थियो।

पार्टीका अध्यक्षद्वयबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकोले बैठक स्थगित गरिएको सूचनामा जनाइए पनि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफुहरु बैठकको पर्खाइमा हलमै रहेको बताए। श्रेष्ठका अनुसार बैठक स्थगितका लागि दुई अध्यक्षबीच सहमति छैन।

Source Nagariknews

प्रतिकृया दिनुहोस्