मंगलबार १२ आश्विन २०७८

काठमाडौँ । कति फेमेली प्लानिङको तयारीमा होलान्। विवाहपछि आफ्नै कोखको बच्चा हुर्काउने रहर हुन्छ, दम्पतीलाई । जब गर्भ रहन्छ, मन शान्त भने हुँदैन । अनेक उथलपुथल हुन्छ ।

आफ्नो बच्चा कस्तो होला ? स्वस्थ्य होला कि नहोला यस्ता जिज्ञासा उठ्छ । यही जिज्ञासाले मनलाई बेचैन बनाउँछ । एक स्वस्थ बच्चा जन्माउनका लागि महिलाको एउटा निश्चित उमेर हुन आवश्यक छ ।

स्वास्थ्यका दृष्टिकोणले आमा बन्नका लागि सबैभन्दा उपयुक्त उमेर २० देखि ३० वर्षलाई मान्ने गरिन्छ। उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ । यद्यपी ३५ वर्षसम्मका महिलाले राम्रोसँग बच्चा पाउन सक्ने चिकित्सकहरु बताउंछन्।

३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्ता जन्मजात विकार आउने सम्भावना हुन्छ । त्यस्तै २० वर्षभन्दा कम उमेरका महिलाले पनि बच्चा पाउँदा जोखिम हुने बताइएको छ । महिलाको उमेर १९ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै उत्तम हुन्छ।

पुरुषको सन्दर्भमा भन्नुपर्दा ढिलो बिहेले पुरुषको प्रजननशक्ति अर्थात् शुक्राणुमा कमजोरी आउँछ र यस्ता शुक्राणुमा गति पनि हुँदैन । बढी उमेरमा पुरुषको शुक्राणु बन्ने संख्यामा पनि कमी आउँछ । यसबाट गर्भ रहन समस्या हुनुका साथै कमजोर बच्चा जन्मने सम्भावना हुन्छ।

गर्भ रहेदेखि नै केही कुरामा सर्तकता अपनाउने, सजग हुने, खानपान र दिनचर्यालाई सन्तुलित राख्ने हो भने धेरै हदसम्म ढुक्क हुन सकिन्छ ।

हुन त गर्भाधान प्रक्रियाबाटै दम्पतीले विशेष सर्तकता अपनाउनुपर्छ वा तयारी गर्नुपर्छ भनिन्छ । जब हामी बच्चा जन्माउने योजना तय गरेर शारीरिक क्रिया गर्छौं, त्यही विन्दुदेखि दम्पतीले अनुशासित जीवन अपनाउनुपर्ने मान्यता छ।

किनभने दम्पतीले गर्ने कतिपय गल्तीले गर्भको बच्चालाई असर गर्छ । नतिजा, बच्चा जन्मजात कुनै शारीरिक विकार बोकेर आउँछ । त्यही विकारले ति बच्चालाई जीवनभर सताउँछ । उसले पूर्ण स्वस्थ्य जीवन विताउन सक्दैन ।

गर्भमा हुर्कने बच्चाको स्वास्थ्य उनको आमासँग जोडिएको हुन्छ । आमाले भोग्ने अप्ठ्यारा, गर्ने गल्ती सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले गर्भावस्थामा दम्पतीले धेरै कुरामा सर्तकता अपनाउनुपर्छ ।

गर्भवतीको मनमा पैदा हुने वेचैनी, आवेग, आक्रोस, पीडा, वेदनाले समेत गर्भको बच्चालाई असर गर्छ । त्यही कारण गर्भ रहेदेखि नै महिलाले मनलाई शान्त बनाउनुपर्छ । श्रीमती जब गर्भवती हुन्छे, श्रीमान्ले आफ्नो दायित्व बोध गर्नुपर्छ ।

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरु
खानामा हरियो सागसव्जी अण्डा दूध, फलफुल माछा मासु खानु राम्रो हुन्छ । साथै आवश्यक मात्रामा पानी समेत पिउनु राम्रो हुन्छ । गर्भअवस्थाको बेलामा जति सकिन्छ पानी पिउनु राम्रो हुन्छ । नुहाउनका लागि तातो पानी प्रयोग गर्दा राम्रो हुन्छ ।

धूमपान र मध्यपानले गर्भवती महिलाको रगतमा हुने आइरनको नास गरिदिन्छ। आइरनको कमीले गर्दा कतिपय अवस्थामा गर्भवती महिलाहरु शारीरिक रुपमा कमजोर हुन सक्छन भने यसको असर बच्चाको विकास तथा उसको तौलमा समेत पर्नसक्छ। तनाबले चिन्तित मात्रै तुल्याउदैन कि गर्भवती अवस्थालाई जटिल बनाउने समेत गर्छ।

तनावले गर्भवती महिलाको मात्रै नभई पेटमा रहेको बच्चाको स्वास्थ्यमा समेत असर गर्छ। गर्भवती अवस्थामा महिलालाई आरामको एकदमै जरुरी हुन्छ तर त्यो संग संगै थोरै कसरतको पनि आवश्यकता पर्दछ। कसरतले गर्भवती महिलालाई चुस्त बनाउछ र दुखाई सहने क्षमता समेत बढाउँछ।

nayapusta

१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया