आइतबार ३१ आश्विन २०७८

संयुक्त राज्य अमेरिकामा भएको आगजनी र गो’ली का’ण्डको घटनामा एक जना नेपालीले ज्या’न गुमाएमा छन्। शनिबार बिहान मेरिल्यान्डको बाल्टिमोरमा एक व्यक्तिले घरमा आगजनी गरी गो’ली च’लाउँदा एक नेपालीसहित चार जनाको मृ त्यु भएको हो। उक्त घटनामा परी ज्या’न गुमाउनेमा संखुवासभा खाँदबारी नगरपालिका-६ का अन्दाजी २७ वर्षीय सागर घिमिरे छन् ।

सागरको मृ त्यु भएको उनका ठूला बुवा खड्गबहादुर घिमिरेले पुष्टी गरे।समाचार संस्था एपीका अनुसार घरमा आ ग ज नी गर्ने र गोलीबारी गर्ने व्यक्ति पनि मारिइसकेका छन् ।

बाल्टिमोर प्र’हरीले जारी गरेको विज्ञप्तिअनुसार गोली हान्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन हुन् । उनी सोही ठाउँमा बस्ने गरेको प्रहरीले जनाएको छ । आ ग ज नी र गो’ली किन चलेको हो भन्ने खुलिसकेको छैन ।

यो पनि पढ्नुहोस् प्रमुख प्रतिपक्षी काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा ढुक्क भए पनि वैकल्पिक सरकार बनाउने विषयमा भने अझै प्रतीक्षामै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।

कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भने प्रतीक्षामा राख्दै अघि बढिरहेको छ । यसपटक कांग्रेस सरकार गठनमा ‘सरप्राइज’ दिनेगरी अघि बढिरहेको कांग्रेस नेताकै आँकलन छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले अब विश्वासको पक्षमा मत पु¥याउने सम्भावना नरहेको औंल्याए । ‘अब प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना छैन । सबै लगभग प्रस्ट छन्, माधव नेपालहरूले के गर्छन् हेरौं, कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

कांग्रेसले आफ्नो प्रयासलाई भने आन्तरिक रूपमा तीव्र बनाइरहेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस वैकल्पिक सरकारको पहलमै रहेको बताए । ‘कांग्रेस वैकल्पिक सरकार गठन पहलमा नै छ, पार्टीको बैठकको निर्णय पनि यही हो, उनले भने, ‘संसदीय दलको बैठकको निर्णय पनि यही हो, प्रतीक्षा गरौं ।’ माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार गोरखामा कांग्रेस सभापति नेतृत्वमा बहुमतको सरकार गठन हुने बताएका छन् ।

ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने उनको दाबी छ । ‘कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रूपमा अघि बढाउने विपक्षी गठबन्धन तयारी छ, छिट्टै नयाँ सरकार बन्छ, श्रेष्ठले भने । संसद्मा काँग्रेसपछिको विपक्षी दल माओवादी केन्द्र नै हो । उसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

khabar.enewsnepali

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया