मंगलबार १२ आश्विन २०७८

धनगढीः धनगढीका व्यवसयी नारायण लम्सालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। केही दिन यता कोरोना संक्रमित भइ उपचार गराइरहेका उनको सोमबार काठमाण्डौँमा निधन भएको हो। धनगढीमा उपचार सम्भव नभएपछि ४ दिनअघि उनलाई’

थप उपचारका लागि काठमाण्डौँको नोवेल होस्पिटलमा भर्ना गरिएको नेकपा एमाले कैलाली सहइन्चार्ज दिपक देवकोटाले जानकारी दिए। ४९ वर्षीय लम्साल नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य, नेकपा एमाले धनगढीका पूर्वनगर अध्यक्ष, कैलाली उद्योग वाणिज्य संघका पूर्व सचिव रहेका थिए।

postpatrika

२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया