बुधबार २० साउन २०७८

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकको विखण्डनमा लागेका सिके राउतको लोकतान्त्रिक मुलप्रवाहीकरण गरे । यस्तै, विप्लवको हिंसा त्याग र लोकतान्त्रिक अवतरण गर्ने प्रयास प्रधानमन्त्री ओलीको महान सफलता भएको नेकपा नेता नवराज सिल्वालले बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन, नक्सांकन र देशको समृद्धिको खाका कोर्ने काम राजनीतिक मात्रै नभई एतिहासिक भएको टिप्पणी गरको छन् ।

उनले प्रधानमन्त्री ओलीका कृयाकलापहरुको प्रशंसा गर्दै अब मुलुक विकास र समृद्धिको बाटोमा लागेको संकत गरेका छन् । सरकारले हिजो बुधबार नेकपा विप्लवसँग बार्ता टोली गठन गरी एक चरणको वार्तालापसमेत पुरा गरिसकेको छ ।

news18nepal.tv

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया