सोमबार १३ मंसिर २०७८

काठमाडौं – प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग ऐतिहासिक सहमति भएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । उनले बिहीबार फेसबुकमार्फत् सरकारले आफ्नो तर्फबाट तदारुकताका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

“सरकारले आफूले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ । अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौँ,” उनले लेखेका छन् ।

आज बालुवाटारमा भएको तेस्रो चरणको वार्तामा सरकार र विप्लव समूहबीच तीनबुँदे समहति भएको हो ।

annapurnatimes

४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया