आइतबार ३१ आश्विन २०७८

हाम्रो समाज कता तिर जाँदै छ आफ्नो देश मा पनि सुरक्षा महसुस गर्न सक्दैन भने नेपाली चेलिहरु अझै बिदेश मा के हुन्छ होला।।।।
आइतबार मृ त अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृ त अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।

मृ तकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । शव भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ ।

डिएसपी राईले भन्नुभयो अनुसन्धान भइरहेको छ ।महिलाको शरिरमा चो टपटक लागेको प्रहरीले बल त्का रपछि ह त्या गरेको आशंका गरेको छ । घटना शङ्काvस्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो ।
मृ तक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मकि संचालकले बताएकी छिन ।

media7post

२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया