बुधबार २० साउन २०७८

काठमाडौं – प्रतिबन्धित नेकपा विप्लवसंग सरकारको सहमति भएको छ।  नेकपा विप्लवले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।

सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

सहमतिको विस्तृत विवरण यहि फागुन २१ गते २ बजे विशेष समारोह आयोजना गरी सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

उक्त समारोहमा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो।

annapurnatimes

८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया