आइतबार ३१ आश्विन २०७८

प्रज्जवल थापा । नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको वर्षाले जानकारी दिएकी हुन् ।

आफुलाई खोकी लागेको र खानेकुराको गन्ध हराएको उनले जनाएकी छिन् । यस्तै वर्षाले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको र छिटै निको भएर काममा फर्किनेपनि विश्वास व्यक्त गरेकी छिन् । उनले सबैलाई सुरक्षित रहनपनि आग्रह गरेकी छिन् । कोरोनाको दोस्रो लहर नेपालमापनि ठुलो मात्रामा फैलिरहेको छ । कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि नेपालको ६१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

nepalsamaj

 

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया