आइतबार ०५ बैशाख २०७८

काठमाण्डु – विभाजित नेकपाका अध्यक्ष प्रचण्डले आफूहरू र कांग्रेस तथा जसपाको सरकार बन्दा भारतलाई पनि ‘कम्फरटेबल’ हुने भनी दिएको अभिव्यक्तिको नेकपाको ओली समूहका विद्यार्थीहरूले विरोध गरेका छन् ।

शनिबारबाटै काठमाण्डुको रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि प्रदर्शन गरेका ओली समूह निकट अनेरास्ववियूका विद्यार्थीले आज पनि काठमाण्डु, पोखरालगायतका क्याम्पस अगाडि पनि प्रदर्शन गरेका हुन् ।

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका विद्यार्थीले ‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड लैजाऊ’ भन्ने प्लेकार्ड राखेर व्यंग्य गरेका थिए ।

kathmandupati

२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया