शनिबार ०२ आश्विन २०७८

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो सातामा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । गरेको काममा उल्टो परिणाम आइनपर्ला । मध्य साताबाट लामो समयदेखि रोकिएको कामबाट राम्रो रहला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति र बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साताको सुरुका दिनमा नयाँ कार्यको योजना बन्नेछ । व्यापार व्यवसायमा सफलता पाइनेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । शुभारम्भको चर्चा पनि चल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनसक्छ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । यो धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको सुरुमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ । सोमबारबाट चिताएको कामले तीव्रता लिनेछ । समाजसेवामा मन लाग्नेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो सातामा बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा शुभकार्यको चर्चा चल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो सातमा दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य प्रति सजगकता अपनाउनु पर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता व्यवसाय बढाउने वा नवीन रोजगारीको योजना बन्नेछ । साथीभाई र आफन्तबाट सहयोग प्राप्त हुनेछ । रोकिएका अधुरा कामहरू पुरा हुन सक्छन् । बुधबारबाट दैनिकी कार्यमा भने समस्या र अवरोध आउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समाजबाट सहयोग मिल्ने देखिन्छ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरुले कार्यमा अवरोध ल्याउनेछन् । व्यापार व्यवसायमा वाधा आउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता शुभकार्यको योजना र चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा सौन्दर्यतामा धन खर्च हुनेछ । (अधिक जानकारीका लागि 977-9849559502)

१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया