शनिबार ०२ आश्विन २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४ हजार १०६ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा गरी ३९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा मात्रै ३४ हजार ६२१ जना सक्रिय संक्रमित छन् । काठमाडौं जिल्लामा २५ हजार ९४०, भक्तपुरमा ३ हजार ३५२ र ललितपुरमा ५ हजार ४२९ संक्रिय संक्रमित छन् ।

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने कतिपय होम आइसोलेशनमा छन् । त्यस्तै, कोरोनाबाट निको हुने काठमाडौंमा एक लाख १२ हजार ८०२ जना, भक्तपुरमा ९ हजार ८२५ र ललितपुरमा १७ हजार ६३५ छन् । संक्रमणबाट मृत्यु हुने काठमाडौंमा ८१४, भक्तपुरमा १६८ र ललितपुरमा २३२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५० जनाले ज्यान गुमाएका छन् । योसँगै देशभर हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ । त्यस्तै, २ हजार ९०५ जना निको भएका छन् । निको हुनेको दर ७८ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म २ लाख ९५ हजार ३९५ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

news18nepal

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया