शुक्रबार २२ साउन २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्दा सरकारी रकमबाट श्रीमतिलाई गहना हाले झै बिरोध भै रहेको बताएका छन् ।

पशुपतिलाई चढाएको १ सय ८ किलो सुन श्रीमतीलाई तिलहरी, झुम्के बुलाकीकालागी खर्च नगरेको उनले बताएका हुन् ।

सरकारले दिएको ३० करोड रुपैयाँको सदुपयोग भएको समेत प्रधानमन्त्रीले बताएका छन् । उनले आफ्नो ब्यक्तिगत प्रयोगका लागि नभई पशुपतिनाथलाई दिएको हुनाले आलोचना गर्नुको अर्थ नभएको पनि बताएका छन् ।

‘कसैलाई भ्रष्टाचार गर्न दिएको त हैन नी । पशुपतिनाथलाई दिएको हो । मैले श्रीमतीलाई कु ण्ड ली, तिलहरी झुम्के बुलाकी हालिदिएको हैन, शिवजीलाई दिएको हो १ सय ८ किलो सुन ।’ उनले भने ।

उनले आफूले प्रधानमन्त्रीको नेतृत्व गरेपछि ठूला–ठूला पूर्वाधारका काम गरेको दावी गरे । आफ्नो काम देखेर आफूलाई रोक्न खोज्नेहरू बढेको उल्लेख गरे ।

उनले भने– ‘यसले त देश बनाउने भो रोक्नुपर्छ । यसले त देश माथि उठाउने भो हटाउनुपर्छ भनेर हटाए । म नेपाली जनताप्रति कृतज्ञ छु, उहाँहरुले फेरि मलाई जिताएर प्रधानमन्त्री बनाउनुभयो ।’

 

१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया