आइतबार ०३ आश्विन २०७८

नेपालमा कोरोना संक्रमण भयावह बनेको छ ।

भक्त्तपुरमा अक्सिजनको अभावमा भक्तपुरमा अक्सिजन नपाएर दुई कोरोना सङ्क्रमितको मृत्यु ज्यान गुमाएका छन् ।

 

हिजो मात्र एम्बुलेन्स नपाएर ट्याक्टरमा उपचार गर्न लैजादै गर्दा निधन भएको खबर बाहिरिएको थियो । आज बाँकेमा त्यस्तै प्रकृतिको घटना दोहोरिएको छ ।

बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेको उनले बताए ।

 

१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया