Monday, October 26

ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना भाइरसबाट मुक्त भएका छन्

July 27, 2020 196

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना भाइरसबाट मुक्त भएका छन् ।

ऐश्वर्याका पति एवं अभिनेता अभिषेक बच्चनले सोमबार ट्विट गर्दै आफ्ना श्रीमती र छोरी आराध्यको पछिल्लो परीक्षणको रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी दिएका हुन् ।

तर उनी र उनका बुवा एवं अभिनेता अमिताभ बच्चन भने अझै अस्पतालमै छन् ।

अभिषेकले ट्विटरमा लेखेका छन्, ‘तपाईंहरू सबैलाई निरन्तर प्रार्थना र शुभकामनाका लागि धन्यवाद । सधैं ऋणी रहनेछु । ऐश्वर्या र आराध्यको कोरोना परीक्षण नेगेटिभ आएको छ र उनीहरू अस्पतालबाट डिस्चार्ज भएका छन् । म र मेरा पिता भने अझै अस्पतालमा स्वास्थ्यकर्मीकै निगरानीमा छौं ।’

यसको अर्थ उनीहरू अझै कोरोनाबाट मुक्त भइनसकेको अनुमान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्