शुक्रबार ०१ आश्विन २०७८

अहिले सर्वत्र चासोको विषय एउटै बनेको छ कोरानाको नयाँ प्रका। बढ्दो संक्रमित संख्या, अस्पतालमा बेडको हाहाकार, अक्सिजन र स्वास्थ्य जनशक्तिको कमी।यो अवस्था आज अकस्मात आइपुगेको होइन एक वर्षअघिदेखि कोराना बाजा बजाएर हाम्रो आसपास नाचिरहेको थियो। समयक्रमसँगै खोप बन्यो, संक्रमित

अहिले सर्वत्र चासोको विषय एउटै बनेको छ, कोरानाको नयाँ प्रका।, बढ्दो संक्रमित संख्या, अस्पतालमा बेडको हाहाकार, अक्सिजन र स्वास्थ्य जनशक्तिको कमी।

यो अवस्था आज अकस्मात आइपुगेको होइन, एक वर्षअघिदेखि कोराना बाजा बजाएर हाम्रो आसपास नाचिरहेको थियो। समयक्रमसँगै खोप बन्यो, संक्रमित संख्या धेरै प्रकाशमा आएनन् र सबैजना सहज जीवनयापनमा साविक झैं व्यवहार गर्न थाले। जुलुस, सभा, मेला, धार्मिक कार्य, सामाजिक पर्व देख्दा यस्तो लाग्यो अब कोराना त मासिइसक्यो।

भारतीय प्रधानमन्त्री मोदीको एउटा सम्मेलनमा भनेको भाषण अहिले भाइरल छ। जसमा भनिएको छ, ‘भारतले गरेको कोरोनाको सफल व्यवस्थापन विश्वकै लागि अनुकरणीय छ।

हाल भारतको स्थिति के छ, सर्वविदितै छ। राम्रो हुनु र राम्रो देखाइनु फरक कुरा हुन्। वास्तवमा स्वास्थ्य प्रणाली पूरै ध्वस्त भएको होइन, उदांगो भएको हो। अक्सिजन लगाएर सडकमा बसेकी वृद्धा, एम्बुलेन्स ट्याक्सीमा पालो कुर्दाकुर्दै प्राण त्यागेका बिरामी, आफन्त बचाउन याचना गरिरहेका आफन्त, यी सबैले देशको स्वास्थ्य प्रणालीको रूप देखाउँछन्।

नेपालको अवस्था पनि त्यस्तै उन्मुख छ। भारतका जस्ता दृश्य र तथ्यांकहरू अब हाम्रा समाचारमा पनि दिनहुँ बढिरहेका छन्। एक वर्षअघि अमेरिकामा कोरोना संख्या उच्च हुँदा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भनेका थिए, ‘न्यूयोर्कले त सम्हाल्न सकेन भने हाम्रो त स्रोत साधन झनै कमी छ।’

त्यो अन्तर्वार्ता धेरैले सुने कि सुनेनन्, हामीसँग सिक्ने समय चाहिँ धेरै थियो। के कति सिकियो र स्वास्थ्य प्रणालीमा कति सुधार भयो? आमजनतामा अहिले स्वास्थ्य मन्त्रालयको एउटा विज्ञप्तिले सातो गएको छ, ‘अस्पतालमा अब बेड दिन नसकिने भएको छ।

यसको अर्थ हो अब हामी केही गर्न सक्दैनौं।

सरकारले हात उठायो भनेर आतंकित मानिसहरू घरमा अक्सिजन सिलिन्डर थुपार्न थालिसके। हामीसँग स्रोत र साधन छैन, कसरी भन्न सक्छौं?

मेरो करिअरको सुरूआती दिनमा डा. जागेश्वर गौतमसँग काम गर्ने संयोग जुरेको थियो। जब चितवनमा भाइरल ज्वरो फैलिन्थ्यो, उहाँ आफैं आराम गर्ने रूममा बिरामी भर्ना गर्न बाध्य हुन्थ्यौं। कुरुवा बस्ने बेन्चमा बिरामी राख्थ्यौं। झ्यालका डन्डीमा झुन्ड्याएर भए पनि बिरामीलाई सलाइन चढाउँथ्यौं।

शल्यक्रिया गरेका बिरामी छिटो डिस्चार्ज गरेर भए पनि नयाँ सिकिस्त बिरामीलाई लिन्थ्यौं। अस्पताल आइसकेको बिरामी फर्काउन हुन्न भन्ने मान्यताका साथ सबैले काम गर्थ्यौं। अझ भरतपुर सरकारी अस्पतालमा बेड बाहेक म्याट्रेसमा पनि उत्तिकै संख्यामा, बालरोगमा तथा अन्य विभागमा पनि बिरामी हुन्थे।

शक्यक्रिया कक्षमा अनगन्ती शल्यक्रिया गरिसके पनि नमूना औषधि, सामग्री, प्रयोग गरेरै पनि अति विपन्न बिरामीको हड्डी जोडिरहनुहुन्थ्यो डाक्टरहरू। छ घन्टाको ड्युटीमा २४/२५ वटा सिजरियन भए पनि कसैलाई फिर्ता पठाउने अवधारणा त्यहाँ हुन्थेन। सबैले आ–आफ्नो ठाउँबाट सेवा दिइरहेका हुन्थ्यौं। संक्रामक रोग, एचआइभी, हेपाटाइटिस, सीमित पिपिई प्रयोग गरेर सेवा दिँदा हुने जोखिम त्यो बेला पनि स्वास्थ्यकर्मीले सामना गर्थे।

त्यसयता करिब १२/१३ वर्ष बितिसकेको छ। देशले जनआन्दोलन, गणतन्त्र, भुइँचालो, संघीयता, नाकाबन्दी, विभिन्न दलका सरकार देखिसकेको छ। देशका अरू समस्या त छँदै छन्। केही सुधार भए होलान्, केही राम्रा प्रतिवेदन बन्ने काम, केही सुधारिएका तथ्यांक पनि बने होलान् तर नर्सिङ क्षेत्रको हालत उही नै रह्यो।

khabar.enewsnepali

४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया