मंगलबार १२ आश्विन २०७८

अर्कैको घर , त्यसमा पनि साघुरो कोठामा बाबु–आमा ३ छोरा –छोरी सहित ५ जनाको परिवारको भान्छा र सुत्ने कोठा एकै ठाउँ छ । जहाँ प्राय: दिनहुँ आफ्नै बाबुद्धारा नावालिका छोरी क र णीको सिकार हुदै आएको आफ्नै आमालाइ थाह छैन वा निगरानी छैन । त्यस परिवारको जिविका चलाउने मुख्य पेशा बनाउदै आएका थिए बाबुले धामी काम तर त्यसको कमाई पनि जाड रक्सिमा खर्चिदा आमा निमेक मजदुरीमा नगए चुलो चल्न मुस्किल ।

शुक्रवार गुल्मीको सदरमुकाम तम्घास भित्रै बाबू द्धारा १४ बर्षिया छोरी पटक पटकको क र णी पछी ग र्भ धा र ण र कु क र्मी बाबू पक्राउको समाचार बाहिरिए पछि हामी पि डि त बालिकाको अवस्था बुझ्न शनिवार विहान सदरमुकाम तम्घासबाट करिव १५ मिनेटको बाटो हिँडेर रेसुङ्गा नगरपालिका ८ स्थित उनी बस्ने स्थानमा पुग्यौं । एकान्त स्थानको एक्लो घर । बिकृति, बिसङ्गतिको अ खडा ठानेर छिमेकीले वास्तै नगर्ने गरेको पाइयो ।

तीन चार दिन यता बाबुले छोरी ग र्भ धा रण ग रा एको कुरा बाहिरिए पनि छिमेकिहरु हामी पुगे पछि मात्र त्यस घरमा पुगे । घर्मियाममा पनि बिहान बेलुका न्यानो कपडा लगाउनु पर्ने तम्घासको चिसो मौसम । त्यस माथी रेसुङ्गा लेकको काखमा ओसेप लाग्ने उनी बस्ने झुपडी । ती पिडित बालिका हात खुट्टा पुरै सुन्निएर अगेनामा आगो ताप्दै खुट्टा सेकाउदै थिइन ।

गम्भीर स्वास्थ्य अबस्थामा पुगेकी छोरी तर आमालाई मजदुरी गर्न जाने तयारिको चटारो थियो । अन्य दुई स साना छोरा छोरी कलेटी परेको शरीर लिएर बारिमा खेलिरहेका थिए । आमाको मुहारमा बाबू द्धारा छोरी पिडित बनेको पी डा खा सै झल्किन्थ्यो । छोरी माथी बाबुले पटक पटक यस्तो ब्यबहार गर्दा तपाईले किन निगरानी गर्नु भएन ? भन्ने प्रश्नमा उनको एक ठस्को जवाफ थियो ! खै मैले थाहै पाइन । त्यस पछि पीडित छोरीलाइ सोधियो ।

उनले भनिन ‘१३ वर्षको उमेर देखि बाबुले सधै कु कर्म गर्दै आउनु भएको थियो । उहाँ त्यो पल्लो बिस्तरामा सुत्नु हुन्थ्यो । आमा निदाए पछि मेरो बि स्त रामा आउनु हुन्थ्यो । कसैलाई भनिस भने मा रे र फ ल्दि न्छु । पुलिस कहाँ उजुरी गरे दुई तीन दिनमा निस्किन्छ र सबलाइ मा र्दि न्छु भनेर ड र दे खा ए पछि कसैलाई नभनिकी हुँ ।’उनी आफू ग र्भ वती भएको थाह नभएको बताइन् । अँस्ति स्कुल्मा औ सधिको च क्की खान दिए पछि म सुन्निएर अस्पताल गए पछि मात्र थाह भएको उनले सुनाइन ।

nepalipatrakar

८ पटक हेरिएको

तपाईको प्रतिक्रिया