आइतबार ०३ आश्विन २०७८

करिब ५ महिना अघि अमेरिकाको न्यू जर्सीबाट हराएका एक नेपाली विद्यार्थी अजय शाहको शव फेला परेको छ । उनी अन्तिम पटक पांच महिना अघि ब्रुकलिनको पुलमा देखिएका थिए । त्यती बेला उनले आफ्नो साथमा क्यामरा भिरेको पनि देखिएको छ । त्यसपछि हराएका उनको शव फेला परेको अमेरिकामा बस्ने नेपालीले जनाएका छन् ।

गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि भन्दै उनी हिँडेका थिए । तर उनको शव फेला पारेको मोरिस काउन्टी अभियोजक कार्यालयले जनाएको छ । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको जनाइएको छ ।उनी गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए ।

शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु अमेरिकाको टेक्ससबाट भाइको खोजी गर्न न्यू जर्सी आएका थिए । नेपाल घर सिरहा भएका २२ वर्षीय शाहको शव गत सोमबार ब्रुक लिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ ।

nepalipatrakar

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया