आइतबार ३१ आश्विन २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८ सय २५ कोरोना संक्रमणको पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ८ सय २५ संक्रमित थपिएका हुन् ।

मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ८४९ छन् । यस्तै, ललितपुरमा ५१८ र भक्तपुर जिल्लामा ४५८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौंमा २२ हजार ८०८, भक्तपुरमा २ हजार ७ सय ४७ र ललितपुरमा ४ हजार ६ सय संक्रिय संक्रमित रहेका छन् । हालसम्म काठमाडौंमा ८०३, भक्तपुरमा १६५ र ललितपुरमा २२६ जनाले ज्यान गुमाइसकेका छन् ।

news18nepal

१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया