आइतबार ०३ आश्विन २०७८

एजेन्सी । भारतको राजस्थानमा कोभिडका कारण निधन भएका एक व्यक्तिको शव जलाइरहेको बेलामा उनकी छोरी चितामा हाम्फालेकी छन् । दामोदर दास शारदा नामक ७३ वर्षीय पिता राजस्थानको बारमर जिल्लाको एक अस्पतालमा मंगलवार बितेका थिए ।

शारदाको शव जलाइँदै गर्दा उनकी कान्छी छोरी चन्द्रा शारदा अचानक चितामा हाम्फालेको प्रहरीले जानकारी दियो । त्यहाँ भेला भएका अन्य मानिसले उनलाई तत्कालै आगोबाट निकालेका थिए तर उनको शरीरको लगभग ७० प्रतिशत भाग डढेको थियो । उनलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो र पछि जोधपुरको एक अस्पताल रिफर गरिएको थियो ।

‘दामोदर दासका तीन छोरी थिए । उनकी पत्नी केही समयअघि बितेकी थिइन् । उनकी कान्छी छोरी चितामा कुदेकी हुन्,’ कोतवाली प्रहरी थानाका स्टेसन हाउस अफिसर प्रेम प्रकाशले बताए । कान्छीले छोरीले दाहसंस्कार समारोहमा जान जिद्दी गरेको बताइएको छ ।

news18nepal

१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया