सोमबार ०८ कार्तिक २०७८

एजेन्सी । मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको ग’र्भमा सात वटा भ्रु’ण हु’र्किरहेको भन्ने जानकारी दिएका थिए ।

मोरोक्को र मालीमा अ’ल्ट्रा’साउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको श’ल्य:क्रियामार्फत् ९ सन्तान जन्माइन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

सिसेको ग’र्भा’वस्थाले अफ्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आ:कृष्ट गरेको थियो । जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम राष्ट्रपति बाह एनडले सरकारी कोषबाटै खर्च व्यवहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पताल पठाएका थिए ।

जहाँ उनले ५ छोरी र ४ छोरा जन्माएकी छिन् । “आमा र सबै शिशुको अहिलेसम्म अवस्था राम्रो छ,” मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले एजेन्से फ्रान्सेप्रेसे बताइन् ।

सिसेसँगै मालीबाट मोरोक्को पुगेका मालीका डाक्टरले उनीबारे थप जानकारी प्रदान गरिरहेको उनले बताए । उनीहरु धेरै समयपछि मात्रै घर फर्कने स्वास्थ्यमन्त्रीले जानकारी दिइन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला**

२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया