Monday, October 26

राप्रपा त्याग गरेका सुनिल थापा, सहमहामन्त्रीमा सहमति मंगलबार कांग्रेस प्रवेश गर्दै

July 27, 2020 127

काठमाडौँ — राप्रपा त्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा भोलि (मंगलबार) आफ्नो टिमसहित कांग्रेस प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेश गरेपछि थापालाई सहमहामन्त्री र उनीसँग आउने ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी कांग्रेसको छ ।

कांग्रेसले अन्य पार्टीबाट आउनेहरूसँग वार्ता र उनीहरूको व्यवस्थापनका लागि बनाएको समायोजन समितिका संयोजक बिमलेन्द्र निधीले थापा समूहसँग वार्ता गरिरहेका छन् । आजै साँझ समझदारी टुङ्ग्याएर भोलि पार्टी प्रवेश गर्ने तयारी छ । थापा समूहका नेता एवं राप्रपाका पूर्व प्रवक्ता किरण गिरीले मंगरबार प्रवेशको तयारी रहेको बताए ।

कांग्रेस प्रवेशका लागि थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गरेका थिए । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका हुन् । ‘उहाँले मागे पनि महामन्त्री दिन सकिँदैन, सहमहामन्त्री दिने भन्ने हाम्रो तयारी छ । आजै साँझसम्ममा समझदारी हुन्छ । भोलि पार्टी प्रवेश गर्ने संभावना छ,’ समायोजनमा सक्रिय एक कांग्रेस नेताले भने ।

Source Kantipur Post

प्रतिकृया दिनुहोस्