मंगलबार १२ आश्विन २०७८

काठमाडौं । कोरोनाका कारण विवाह भएको १० दिनमै बेहुलीको मृत्यु भएको छ । विवाह गरी काठमाडौंको कपनबाट भक्तपुर गएकी एक युवतीको मृत्यु भएको हो ।

कपन घर भएकी श्रेष्ठ थरकी २२ बर्षिया युवतीको गएको बैशाख १२ गते विवाह भएको थियो ।उहाँलाई विवाहको दिन नै कोरोना पुष्टी भएको पारिवारिक स्रोतले हेल्थपाटीलाई जानकारी दियो ।

विवाह भएको भाेलीपल्ट दुल्हन फर्काउन माइत गएकाे बेला स्वास्थ्यमा समस्या भएपछि उहाँलाई उपचारका लागि भक्तपुरमा रहेको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

सोमबार कोरोना अस्पतालमा उहाँको उपचारकै क्रममा मृत्यु भएको एक जना आफन्तले जानकारी दिनुभयो । उहाँको माइतीतर्फका धेरैलाई कोरोना संक्रमण भएको छ । विवाहमा होसियारी अपनाउन नसक्दा यो दुर्घटना भएको ती आफन्तले बताउनुभयो । हेल्थपाटि बाट

१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया