बिहिबार ३० बैशाख २०७८

बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका–६ हिरापुरमा जिप दुर्घटना ५ जना घाइते भएको बैतडीका प्रहरी प्रवक्ता किशोर सिंह ऐरीले जानकारी दिए ।

दुलहा–दुलही सहित अन्य घाइतेहरूको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती बोकेर बैतडीको ग्वाल्लेक तर्फ आउँदै गरेको सुप प्र ०१–००१ ज ३७७ नम्बरको जिप बिहान साढे ५ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

news18nepal

३० पटक हेरिएको

तपाईको प्रतिक्रिया