शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं । सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

२३ गते बिहीबार राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा बन्द गरिनेछ । नेपाल र भारतबीच भने हप्ताको दुई दिन उडान हुने छ । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले वैशाख २३ गतेदेखि ३१ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका छन्। ‘आन्तरिक उडान मंगलबारबाट पूर्णरुपमा बन्द हुन्छन्’, अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय उडान भारतमा हप्ताको २ वटा हुने र बाँकी सबै देशसँग वैशाख ३१ सम्म उडान बन्द हुन्छन्।’ कोभिड महामारीको कारण भारत आक्रान्त भएको बेला पनि ‘ओपन विन्डो’को रुपमा भारतमा २ उडान हुने उनले बताए।

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया