आइतबार ३१ आश्विन २०७८

बैतडी: बैतडीमा बोलेरो जिप दुर्घटना भएको छ। जिल्लाको तल्लोसोराडमा पर्ने पञ्चेश्वर गाउपालीका- ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको घटनास्थलबाट स्थानीय भोजराज भट्टले बताएका छन।

हिजो चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–०६ का वडा सदस्य गोबिन्द सिह भण्डारीको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको जनाईएको छ। सडकबाट जिप करिब ५०० मिटर तल खसेको स्थानीय भट्टले बताएका छन। गाडीमा १२ जना सवार रहेको अनुमान गरिएको छ। गाडी के कति कारणले दुर्घटना भयो भन्ने बारेमा खुल्न सकेको छैन।

प्रहरी चौकि रोडिदेवलको टोली घटनास्थल तिर गईरहेको जनाकारी प्राप्त भएको छ। थप बिबरण आउन बाँकि रहेको छ।

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया