आइतबार ०३ आश्विन २०७८

काठमाडाैं- काठमाडाैं उपत्यकामा एकै दिन ३ हजार ६६६ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्।

काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी रहेपनि काेराेना संक्रमितकाे संख्या भने लगातार उकालाे लाग्ने क्रममा रहेकाे छ। आइतबार मात्रै काठमाडाैंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० गरी ३५९५ काेराेना संक्रमित थपिएका थिए। याे संख्या अहिलेसम्म कै उच्च हाे।

त्यस्तै रूपन्देहीमा ६१९, बाँकेमा ४४०, मोरङमा ३६२ र कास्कीमा ३५५ जना सङ्क्रमित सोमवार थपिएका छन्। अहिले हाल १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

थपिएका सङ्क्रमितमध्ये ६० जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्। सोमवार पुष्टि भएका सङ्क्रमितमध्ये १५६ जना नौ वर्षसम्मका, ४३९ जना १० देखि १९ वर्षका र ३,५५९ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कुल सङ्क्रमितमध्ये ० जना संस्थागत आइसोलेशनमा र तीमध्ये ५७८ जना आईसीयू एवम् १४२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएको बताए।

सङ्क्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने भन्दै उनले भने, “एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ।”

“यसलाई थप कडाइ गरिँदैछ र प्रभावकारी ढङगले लागु गर्न पहिलेझैँ सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ।”

 

१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया