Friday, November 27

पछिल्लो २४ घन्टामा १३९ जना कोरोना संक्रमित थपिए : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम

July 27, 2020 312

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभरी १३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गाैतमले यसकाे पुष्टि गरेका हुन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १८ हजार ७५२ पुगेको बताए ।

यसैगरी पछिल्लो २४ घन्टामा ६२६ जना कोरोना संक्रमित कोराेनामुक्त भएको प्रवक्ता गाैतमले बताए । याेसँगै हालसम्म निकाे हुनेहरुकाे संख्या १३ हजार ७५४ जना पुगेकाे छ ।

Source Kantipur online

प्रतिकृया दिनुहोस्