शनिबार ०२ आश्विन २०७८

हेटौंडा अस्पतालमा दुई संक्रमितको निधन,

हेटौंडा । बाराको अमलेखगञ्जबाट उपचारका लागि हेटौंडा ल्याइएका एक कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ । मकवानपुरको एक मात्र सरकारी अस्पतालमा सोमबार बिहान ४६ वर्षीय एक पुरुषको ज्यान गएको हो ।

सोमबार बिहान उनको ज्यान गएको हेटौंडा अस्पतालले जनाएको छ । अक्सिजनको मात्रा अत्यन्त कम भएका पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्न लाग्दै गर्दा ज्यान गएको हो । अस्पतालमा अहिले अक्सिजन र भेन्टिलेटरसहित कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यसैगरी गएराति हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ बस्ने ५५ वर्षीय पुरूषको उपचारको क्रममा ज्यान गएको थियो । हेटौंडा अस्पतालको कोभिड एचडियुमा उपचाररत उनको राति ज्यान गएको अस्पतालले जनाएको छ ।

१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया