शुक्रबार ०१ आश्विन २०७८

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न् ।

आजै पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको शपथ रोक्न माग गर्दै विपक्षी दलका सांसदले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेट गरेका थिए । प्रतिपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका सांसहरुले आफूहरुसँग ४० सांसदको हस्ताक्षर रहेको भन्दै शपथ रोक्न माग गरेका थिए ।

हामीसँग ४० जना सांसदको हस्ताक्षर पुगिसकेको छ । शपथ रोक्नका लागि प्रदेशप्रमुखसँग भेट गरेका छौं, कांग्रेसका प्रमुख सचेतक फखरुदिन खानले भने ।

पोखरेललाई आजै शपथ गराउने तयारी भएको थियो । तर , नेकपाबाट निर्वाचित सांसद विमलाकुमारी खत्री माओवादीमा प्रवेश गरेपछि पोखरेलको एकल बहुमतको सरकार बनाउने योजना असफल भएको छ

यता तत्कालीन नेकपाबाट निर्वाचित प्रदेश सभा सदस्य विमला खत्री ९वली०ले नेकपा एकता भंग भएपछि आफूले माओवादी केन्द्र रोजेको बताएकी छिन् । आइतवार मात्र उनले एमाले छाडेको चर्चा भएको थियो ।

सांसद खत्री ‘अपहरणमा परेको’ चर्चाका बीच आइतवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी उनले माओवादी पार्टी रोजेको बताएकी हुन् ।

‘मेरो श्रीमान एमालेबाट चुनाव लड्नुभएको थियो, उहाँको निधनपछि म नेकपाबाट चुनाव लडें,’ पत्रकार सम्मेलनमा खत्रीले भनिन्, ‘पछि मलाई थाहा भयो, मलाई माओवादी साथीहरूले सहयोग गर्नुभएको रहेछ ।’

उनी माओवादी प्रवेश गर्दा लुम्बिनीमा सत्ता समीकरणमा प्रभाव परेको छ । उनी माओवादी प्रवेश गर्दा एमालेको एकल बहुमत गुमेको छ ।

मुख्यमन्त्री पदबाट राजीनामा गरेका शंकर पोखरेलले आइतवार नै फेरि मुख्यमन्त्रीको शपथ गर्ने कार्यक्रम रहेकोमा खत्रीको कदमपछि अन्यौलता भएको छ । पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका कुलबहादुर केसीले आफ्नो पक्षमा बहुमत पुगेको दाबी गरेका छन् ।

१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया